लैङ्गिक हिंसा विरुद्धको दोस्रो इटहरी सम्मेलन सम्पन्न, ११ बुँदे घोषणापत्र पारित

<span class='c1'>लैङ्गिक हिंसा विरुद्धको दोस्रो इटहरी सम्मेलन</span> <span class='c2'>सम्पन्न, ११ बुँदे घोषणापत्र पारित</span>

इटहरी । लैङ्गिक हिंसा विरुद्धको दोश्रो इटहरी सम्मेलन ११ बुँदे इटहरी घोषणा पत्र पारित गर्दै सम्पन्न भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पर्यटकीय स्थल तालतलैयामा भएको सम्मेलनले एक बर्षे कार्ययोजना पारित गरेको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले १६ दिनसम्म वडा–वडामा गरिएको अभियानले लैगिक हिंसा विरुद्ध जागरण र चेतना फैलाएको दावी गर्नुभयो । सामाजिक जागरण र दण्डहिनताको अन्त्य गर्न सके लैगिंक हिंसाका घटना कम हुने उहाँले वताउनुभयो ।


कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा इटहरीका सवै वडाहरुमा अन्र्तक्रिया कार्यक्रम सहितका ४० वढि कार्यक्रम सम्पन्न गरिएको वताउनुभयो । विषम परिस्थितिका वावजुद पनि लैङ्गिक हिंसा विरुद्धको अभियानलाई यस वर्ष गत बर्ष भन्दा अझ ब्यापक वनाएको वताउनुभयो । सम्मेलनले पारित गरेको घोषणा पत्रमा उपमहानगरले लैगिक नीति निर्माण गरि कार्यावन्यन गरिने,महिलाले नागरिकता प्राप्तीमा झेल्नु परेका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने,सवैको पहँुच युक्त सार्वजनिक निकायका भवन सवैको पहँुच युक्त भौतिक संरचना निर्माणमा साझा प्रतिवद्धता ब्यक्त गरिएको छ ।

यस्तै सम्मेलनवाट एक बडामा पाँच वटा किशोरी साथी समूह निर्माण गरिने,प्रत्येक वडामा रहेका सामुदायिक मेलमिलाप केन्द्रमा हेल्पडेक्स स्थापना गरिने,एक वडा एक मनोविमर्षकताको ब्यवस्था गरिने,हिंसा प्रभावित महिला तथा वालवालिकाको पूर्नस्थापना र जिविकोपार्जनमा टेवा पूरयाउन आवश्यक तालिम र सहयोगका ब्यवस्था मिलाउने लगायतका कार्ययोजना तय गरिएको छ ।मंसीर १०गते इटहरी उपमहानगर परिसरमा तथा सेतो रिवन वितरण गरेर लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम शुभारम्भ गरिएको थियो ।

अभियानका क्रममा इटहरीका सवै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन । इटहरीका सवै वडामा गठित किशोरी साथीसमूह, प्रतिरक्षा समूह र महिला संजाल सँग वडा वडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । लैगिंक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी ढंगले अघि वढाउन इटहरीका वडाहरुमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सकृय छन । लैङ्गिक हिंसा विरुद्धको यस किसिमको अभियान नेपालमै पहिलो पटक भएको उपमेयर गौतमले दावी गर्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्