अभियुक्तले नै पोल खोलेपछि जर्बरजस्ती करणी कसूरमा मिलापत्र गराउने ६ जना मोरङ प्रहरीको नियन्त्रणमा

<span class='c1'>अभियुक्तले नै पोल खोलेपछि जर्बरजस्ती करणी कसूरमा</span> <span class='c2'>मिलापत्र गराउने ६ जना मोरङ प्रहरीको नियन्त्रणमा</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा जर्बरजस्ती करणी कसूरको घटना मिलापत्र गराउने ६ जनासहित घटनामा संलग्न अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते धनपालथान–५ मा भएको जर्बरजस्ती करणीको घटनामा मिलापत्र गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले आरोपित बेलबारी–८ का सुरेशकुमार खवासलाई मंसिर १९ गते नियन्त्रणमा लिएपछि गरिएको अनुसन्धानका क्रममा पीडितलाई पाँचलाख रुपैँया दिएर मिलापत्र गराएको खुलेपछि मिलापत्र गराउन संलग्न ६ जना समेत पक्राउ परेका हुन् । धनपालथान–५ मा रहेको आफ्नै धान खेतमा मल छरिरहेको बखत बेलबारी नगरपालिका ८ का ३२ वर्षीय सुरेशले सुनवर्षीकी २१ वर्षीया महिलालाई जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो । अराोपित खवासको खेत धनपालथानमा रहेकोले त्यहाँ उनी धानमा मल छर्न आएको बखत सुनवर्षी (२१) लाई जर्बरजस्ती करणी गरेको पीडितले दिइएको जाहेरीमा उल्लेख छ ।

पीडित महिलाले इलाका प्रहरी कार्यालय रंगेलीमा घटना भएको एक महिनापछि असोज २६ गते जाहेरी दिइएकी थिइन् । पीडितको जाहेरी परेसँगै आरोपित सुरेशकुमार खवास फरार भएका थिए । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार महिलालाई एक्लै पारी जवरजस्ती करणी कसूरमा जाहेरी परेपछि फरार रहेका खवासलाई प्रहरीले एक हप्ता अगाडी मंसिर १९ गते रंगेली–७ बजारबाट पक्राउ गरेको हो ।

आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्दा उक्त घटना गाउँघरमा नै मिलापत्र गराएको खुलेको प्रवक्ता राईले जानकारी दिनुभयो । पीडित पक्षलाई पाँच लाख रुपैँया दिएर मिलाउन गराएको अभियुक्तकै बयानबाट खुलेपछि प्रहरीले मिलापत्र कागज समेत बरामद गरेको छ । त्यसपछि मिलापत्र कागज गराउन संलग्न मोरङ धनपालथान–५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षीय मथालु खवासलाई बिहीबार आ–आफ्नो घरबाट नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्