विपन्नलाई खाद्यान्न सहयोग

<span class='c1'>विपन्नलाई खाद्यान्न</span> <span class='c2'>सहयोग</span>

हिमाली जिल्ला हुम्लामा पछिल्लो समय व्यक्तिगतरुपमा दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाका सातवटै गाउँपालकिामा रहेका ती घरपरिवारलाई टसी फुञ्जोक लामा र सुस्मा गुरुङले सहयोग गर्नुभएको हो ।

उहाँहरु ‘हिमालयन गुगे अर्गनाइजेसन’ नामक संस्थामा कार्यरत रहेको बताइएको छ । जिल्लाका ४४ वडाभित्र रहेका दलित परिवारमध्ये छनोट गरी अतिविपन्न, अशक्त, एकल महिला र अपङ्गता भएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको लामाले जानकारी दिनुभयो । रु ५० देखि रु ६० हजारसम्मको आर्थिक लगानीमा शनिबार दिउँसो जिल्ला सदरमुकाम सिमकोट वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्