एस ट्याक्टरको विक्रि जय गुरु ईन्टरनेशनलमार्फत विराटनगरमा सुरु

<span class='c1'>एस ट्याक्टरको विक्रि जय</span> <span class='c2'>गुरु ईन्टरनेशनलमार्फत विराटनगरमा सुरु</span>

नयाँ टेक्नोलोजी जडान भएको एसीई ट्याक्टर विराटनगरको जय गुरु ईन्टरनेशनलले पनि विक्री वितरण सुरु गरेको छ ।
बजारमा अत्याधुनिक उपकरण जडान गरि संचालनमा आएको ‘एसीई’ (Ace) ट्याक्टरको डिर्लर विराटनगरमा संचालनमा ल्याएको हो ।
प्रदेश १ को १४ जिल्लामा विक्री वितरण गर्ने उद्देश्यले विराटनगर– २ मुनालपथस्थित एसीई ट्याक्टरको आधिकारि विक्रेता ‘जय गुरु इन्टरनेशनल’ को डिर्लर आइतबारदेखि संचालनमा आएको हो ।
जय गुरू इन्टरनेशनलमा नयाँ टेक्नोलोजी जडान भएको एसीई ट्याक्टर बजारमा आएको प्रोपाइटर अमित साहले जानकारी दिए ।
अन्य ट्याक्टरको तुलनामा एसीई ट्याक्टरले कम इन्धन खपत गर्ने कम्पनीले जनाएको छ । उक्त ट्याक्टर तीन क्लयान्डरमा उपलब्ध गरेको बताइएको छ । एसीई ट्याक्टरको ३५ एचपी, ४० एचपी, ४५ एचपी र ५० एचपीसम्मको रहेको कम्पनीको सर्भिस इन्जिनियर शिव रामले जानकारी दिए ।
उक्त ट्याक्टरको खरिद गर्ने ग्राहकलाई कम्पनीले विशेष छुट पनि दिएको जय गुरु इन्टरनेशनलका प्रोपाइटर नितेस साहले जानकारी दिए । उनका अनुसार ट्याक्टर खरिदको पाँच वर्षसम्म निःशुल्क होम सर्भिसको सुविधा दिने गरेको बताए ।

नयाँ डिर्लरको केक काटेर उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा मोरङ व्यापार संघको महासचिब अनिल साह, कम्पनीको सर्भिस इन्जियिर शिव राम, सेल्स मेनेजर सन्जय कुसुवा, डिर्लरका प्रोपाइटरद्धोय अमित साह, नितेस साहको सहभागिता रहेको थियो । डिर्लर उदघाटन भएको दिन ट्क्याटरहरू पनि विक्री भएको बताइएको छ । उक्त ट्याक्टरको मूल्य ११ लाख भन्दा माथिको मूल्यको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्