विराटनगर । आइतबार लेबिराल सोसाईटी क्लवले बहुभाषी प्रा. विद्यालयलाई सहयोग सहयोग प्रदान गरेको छ । इटहरी २० स्थित तामाङ्ग टोलमा रहेको बहुभाषी प्रा. विद्यालयमा कोरोना भाइरसलाई मध्यनजर गर्दै विद्यालयलाई सहयोगका लागि कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेलको उपस्तिथि रहेको थियो । त्यसैगरी विशिष्ट अतिथिको रुपमा पूणर् नेविसंघका केन्द्रि उपाध्यक्ष विकास केसीको उपस्तिथि रहेको थियो । भने कार्यक्रम सुबेक्छु देवानको अध्यक्षतामा भएको थियो ।
लोप हुन लागेका बहुभाषिय विद्यालयहरुमा कसैको नजर नपरेको अवस्थामा हामीहरुले सहयोग गर्ने सानो प्रयास गरेका छौ भन्नु हुन्छ लेबिराल सोसाईटी क्लवका सल्लाकार सुरेश गुरुङ्गले बताउनु भयो । उहाँले भन्नु भयो,‘बहुभाषिय विद्यालयको अवस्था जिणर् छ नेपालमा त्यसमा ध्यान कुनै निकायको तेती जादैन । त्यसैले हामीले सानो सहयोग गर्ने चेष्टा गरेका छौं ।’
कार्यक्रमलाई सम्बोधन गर्दै इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेलले विद्यालयको भवन निमाणर्का लागि ५ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
लेबिराल सोसाईटी क्लवले विद्यालयको प्रत्येक कोठालाई सेनिटाइज गरेको छ । त्यसका साथै विद्यालयलाई १ सय थान फेस सिल्ड, ५ लिटर सेनिटाईजर र ३ सय थान फेस माक्स वितरण गरेको गरेको छ ।