अमरदहको मुख्य बजारमा आगलागी, दुई करोड बढी क्षति

<span class='c1'>अमरदहको मुख्य बजारमा आगलागी,</span> <span class='c2'>दुई करोड बढी क्षति</span>

रंगेली । मोरङको सुनवर्षी नगरपालिका २ स्थित अमरदहको मुख्य बजारमा आगलागी हुँदा दुई करोड बढीको क्षति भएको छ । मुख्यचोकमा रहेको पारस किराना पसलमा आगलागी हुँदा दुई तल्ले घर, गोदमासहित पारस किराना पसलमा रहेको १५ सय बोरा चामल, रिचार्ड काड ५ लाख बराबर, नगद २५ लाख, सुन १८ तोला , चाँदी ८० तोला , लत्ताकपडा, किराना पसलमा रहेको कन्फेक्सनरी र लत्ताकपडा समेत जलेर नष्ट भएको छ ।

प्रहरीको प्रारम्भिक अनुमानमा आगलागीबाट २ करोड बराबरको क्षति भएको छ । राति १ बजे बिधुत सटभई आगो सल्केको अनुमान गरिएको छ । आगो बिहान ६ बजे प्रहरी , स्थानीयवासी, बिराटनगर, रंगेली, सुन्दहरहरैँचा, बेलबारी, कानेपोखरी र दमकका गरी ६ वटा बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्