मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

<span class='c1'>मोटरसाइकल ठोक्किँदा</span> <span class='c2'>एकको मृत्यु</span>

दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्वरको ट्रकको पछाडि ठोक्किँदा राप्ती गाउँपालिका –७ निवासी २७ वर्षीय अनिल चौधरीको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
घाइते चौधरीको स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि लमही ल्याइँदै गर्दा बाटामै मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख भुवन भट्टले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्