मर्जरको तयारीमा हिमालयन बैंक, समिति गठन

<span class='c1'>मर्जरको तयारीमा हिमालयन</span> <span class='c2'>बैंक, समिति गठन</span>

निजी क्षेत्रको अग्रणी बैंक हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले मर्जर तथा प्राप्तिका लागि एक समिति गठन गरेको छ ।

बैंकका सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर/एक्युजिसन उपसमिति गठन गरेको हो । नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुशरण गर्दै बैंकद्वारा उक्त उपसमिति गठन गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिनुभयो ।

सञ्चालक समितिद्वारा गठित सो उपसमितिले मर्जर/एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको खोजीका साथसाथै त्यसबारे अध्ययन विश्लेषणको कार्य गरिरहेको छ । बैंकले हालसम्म मर्जरको बारेमा कुनै निर्णय भने नभएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्