‘कोभिड–१९ सङ्क्रमणमा चेलीबेटी उद्धारमा समस्या’

<span class='c1'>‘कोभिड–१९ सङ्क्रमणमा चेलीबेटी</span> <span class='c2'>उद्धारमा समस्या’</span>

माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले कोभिड–१९ को सङ्क्रमणका समयमा चेलिबेटी उद्धारमा समस्या परेको बताउनुभएको छ । इनर ह्वील क्लब अफ वाग्मतीले शनिवार यहाँ आयोजना गरेको ‘कोभिड–१९ सङ्क्रमण समस्या, महिला हिंसा र उद्धार’ विषयक भर्चुअल कार्यक्रममा उहाँले नेपाली शिक्षित नभएसम्म चेलिबेटी बेचविखन तथा महिला हिंसा नरोकिने बताउनुभयो । “सरकारले बलात्कारीका लागि कडा कानून ल्याएको छ, यसलाई कार्यान्वयनतर्फ लैजानुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष कोइरालाले माइती नेपालका पहलमा कोभिड–१९ का समयमा समस्यामा परेका महिलालाई सहयोग गरिएको बताउँदै माइती नेपालले हालसम्म २० हजारभन्दा बढी चेलीबेटी तथा बालबालिकालाई उद्धार गरिसकेको छ भन्नुभयो ।

इनर ह्वील क्लब अफ वाग्मतीका अध्यक्ष लक्ष्मी खतिवडाका अनुसार नेतृत्व र परिवर्तन भन्ने मूल नारा बोकेको इनर ह्वीलका ३४ तथा देशभरका २८ क्लबमा ७०० भन्दा बढी सदस्य छन् । इनर ह्वील क्लबले हाल देशभरका एक दर्जन बालिकालाई नर्सरीदेखि स्नातक तहसम्म निशुल्क पढाउनाका साथै वृक्षरोपण, रक्तदान, अशक्त बालबालिकालाई सहयोग, वृद्धवृद्धासँग साक्षात्कारलगायत कार्य गर्दै आएको क्लबका रीता घिमिरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्