चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण

<span class='c1'>चेपाङ बालबालिकालाई न्यानो</span> <span class='c2'>कपडा वितरण</span>

चितवन माडीका सुकुम्वासी चेपाङ परिवारका ८० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार माडी नगरपालिका–९ स्थित राईडाँडामा कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने उनीहरुलाई कपडा वितरण गरिएको हो ।

जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेपछि बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा न्यानो कपडा वितरण गरिएको समन्वय र सहजीकरण गर्नुभएका सञ्चारकर्मी नारायण सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महतोले जाडोमा सुकुम्वासी परिवारका बालबालिकालाई परेको समस्यामा सहयोग गर्नेहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै न्यानो कपडा पाएपछि विद्यार्थीलाई विद्यालय जान सहयोग हुने बताउनुभयो ।

कार्यक्रममा माडी नगरपालिका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष शिवहरि सुवेदीले सुकुम्वासी चेपाङ परिवारका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्