सिरखोलीसैनवामा लिफ्ट सिँचाइ योजना

<span class='c1'>सिरखोलीसैनवामा  लिफ्ट</span> <span class='c2'>सिँचाइ योजना</span>

डोटीको दिपायल सिलगढी नगरपालिका–१ सिरखोलीसैनवासीलाई सिँचाइ गर्न सहज हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु एक करोड ३० लाखको लगानीमा उक्त वडामा सेती नदीबाट पानी तानी लिफ्ट प्रविधिबाट सिँचाइको व्यवस्था गर्न लागिइएको हो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिपायल राजपुरमार्फत उक्त योजना निर्माण गरिनेछ । नदीबाट करिब ५५० मिटर उचाइमा लिफ्टबाट पानी तानेर करिब एक हजार ५०० रोपनी जमीनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ । उक्त योजनाको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी र नेकपा डोटीका अध्यक्ष चक्र मल्लले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ । चालू आर्थिक वर्षमा रु ६० लाख रकम बराबरको काम सम्पन्न गरिने र बाँकी काम आगामी आर्थिक वर्षमा पूरा गरिने सिरखोलीसैन सेती नदी लिफ्ट सिँचाइ योजना जल उपभोक्ता समितिका उपाध्यक्ष लोगबहादुर बलायरले जानकारी दिनुभयो ।

उक्त सिँचाइ योजनाबाट सिरखोलीसैन गाउँका १६९ घरधुरीका करीब एक हजार ५०० नागरिक लाभान्वित हुने जनाइएको छ । सो अवसरमा नगर प्रमुख मलासीले किसानले व्यावसायिक तरकारीखेती गरेर उत्पादन बढाएमा नगरपालिकाबाट आगामी आर्थिक वर्षमा रु ५० लाख बजेट छुट्याएर सिरखोलीसैनलाई तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा नेकपा डोटीका अध्यक्ष मल्लले शिरखोलीसैन गाउँका लागि शिलान्यास गरिएको सिँचाइ योजना अवसर भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्