नेपालमा फिल्म सिटी निर्माणका प्रयास

<span class='c1'>नेपालमा फिल्म सिटी</span> <span class='c2'>निर्माणका प्रयास</span>

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा फिल्म सिटी निर्माणका लागि कार्यविधि बनाएर कानूनीरुपमा अघि बढ्ने बताउनुभएको छ । आज यहाँ नेपाल चलचित्र बोर्डले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री गुरुङले सिटी निर्माणका लागि वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्षमा दिएको रु तीन करोड ५० लाख खर्च गर्नका लागि भिमेश्वर नगरपालिकालाई जिम्मा दिने पनि बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले सङ्घ, प्रदेश र स्थानीय तहको सहलगानीमार्फत सिटी निर्माणको काम अघि बढाउँदा उपयुक्त हुनेमा जोड दिनुभयो । आगामी दिनमा हुने स्थायी संरचना निर्माणका लागि भने मन्त्री गुरुङले बोर्डको सदस्य सचिवको संयोजकत्वमा एक महिनाभित्र कार्य समिति बनाएर निकास दिन पनि निर्देशन दिनुभएको छ ।
कार्यक्रममा बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीले मन्त्रालयले छलफल र पूर्वाधार निर्माणमा लामो समय खर्च भइसकेको भन्दै आगामी दिनमा भौतिक संरचना निर्माणका लागि लाग्नुपर्ने बताउनुभयो । दोलखा फिल्म सिटी निर्माण सहयोग समितिको संयोजक मदनदास श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना भएकाले अब यसलाई लामो समय अलमल नगरी गति दिनेतर्फ सम्बन्ध भएका सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं ९ मा निर्माण गर्न लागिएको उक्त राष्ट्रिय योजनाका लागि एक हजार ५०० रोपनी जग्गा तयारी अवस्थामा रहेको छ । सिटी निर्माणअन्तर्गत सडक, बिजुली, खानेपानी जस्ता पूर्वाधार निर्माणको काम सकिसकेको संयोजक श्रेष्ठको भनाइ छ । सिटी निर्माणका लागि हाल प्रदेश सरकारले दिएको रकम प्रवेशद्वार निर्माण र प्रचारप्रसारका लागि खर्च गर्नेगरी बैठककमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्