नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ

<span class='c1'>नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट</span> <span class='c2'>सहित ४ जना पक्राउ</span>

बिराटनगर । झापा र ईलामका तिन छुट्टाछुट्टै स्थानबाट बुधवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधवार दिउँसो साँढे २ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ का २१ बर्षीय संजय तामाङलाई २६ ग्राम २६ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

मे ८ प ३४२८ नम्बरको मोटरसाईकलमा सवार रहेका तामाङलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको हो । यसैगरी झापाकै भद्रपुर नगरपालिका(३ झोलुङगे पुल छेउबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ साँढे ५ बजे भद्रपुर नगरपालिका-२ का ३६ बर्षीय दिपक राई र ३५ बर्षीय सेर बहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

मे २ प ४३१८ नम्बरमा सवार रहेका निजहरु दुवैजनालाई चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट भ्कपगा कथचगउ १० थान, नाईट्रोजन१० ट्याब्लेट, उईनपासमोफोट ७२ पिस, लुपिजेसिक८ एम्पुल, फेनारागन ८ एम्पुल, डाईजेपाम ८ एम्पुलर गाँजा २०० ग्राम बरामद भएको थियो । यस्तै ईलामको सुर्योदय नगरपालिका-८ छिपिटारबाट लागैऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी फिल्कलबाट खटिएको प्रहरी टोलीले सुर्योदय नगरपालिका-४ का २५ बर्षीय अनुप प्रधानलाई ६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्