सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

<span class='c1'>सुमोले ठक्कर दिँदा</span> <span class='c2'>साइकलयात्रीको मृत्यु</span>

टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे.१ज. २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।

उहाँका अनुसार ठक्करबाट सख्त घाइते हुनुभएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्