मोरङको रंगेली-८ दर्बैसा स्थितबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन ।
BR 38 N 0251 नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाइ शुक्रबार बेलुका सवा ७ बजे ईलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा भारतिय नक्कली नोट २०० दरको १७ थान र १०० दरको १४३ थान फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
यसरी नक्कली भारतिय रुपैया सहित पक्राउ परेका उनिहरु उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ