विराटनगर । प्रदेश १ सरकारका मन्त्रिपरिषद्का एकजना मन्त्रीसहित दुई राज्यमन्त्रीले राजीनामा दिनु भएको छ । मुख्यमन्त्री शेरधन राई समक्ष सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयविश्वास थारुले आइतबार राजीनामा दिनु भएको हो ।
नेकपा भित्रको विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटनपछि विकसित घटनाक्रम र राजनीतिक असहज परिस्थितिका कारणले मन्त्री÷राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको राजीनामामा उल्लेख गरिएको छ ।
नेकपाको विवादसँगै शनिबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गर्नुभएको थियो । प्रधानमन्त्री केपी ओली लाईनका मुख्यमन्त्री विरुद्ध प्रचण्ड र माधव नेपाल समूहले आजै प्रदेशसभमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा छ ।