मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाउन माग, भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव

<span class='c1'>मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाउन</span> <span class='c2'>माग, भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा संसदीय दलको नेताबाट हटाउन माग गरिएको छ । मुख्यमन्त्री विरुद्ध प्रदेशसभा संसद सचिवामा आइतबार अविश्वासको प्रस्ताव दर्ता गरिएसँगै बहुमत सदस्यले दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाउन माग गरेका हुन् ।

अविश्वासको प्रस्तावमा मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीम आचार्यलाई बनाउनु पर्ने प्रस्ताव गरिएको छ । नेकपाका ६८ सदस्यमध्ये ३७ सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिएसँगै मुख्यमन्त्री राई बहुमत प्राप्त दलको नेताको रुपमा नहरने दावी नेकपाका नेता इन्द्र आङ्बोले गर्नुभयो ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्यको दावी गरिदैं आएको छ । तर, मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा भने ३७ जनाले मात्रै हस्ताक्षर गरेका छन् । दलका सम्पूर्ण सदस्यको बहुमत प्राप्त सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपनि संसदमा बहुमत प्राप्त दलका लागि ४७ जना आवश्यक पर्दछ ।

अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहनु भएको छ । प्रदेशसभामा अन्य दलहरु नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ जना सदस्य छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्