उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । बसपार्क एरियामा लागुऔषधको कारोवार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा शनिवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका४ का २८ बर्षीय भिम बहादुर खत्रीलाई पक्राउ गरेको हो ।
खड्काको साथबाट प्रहरीले लागुऔषध नाईट्राभेट ५४० ट्याब्लेट र एक बोत्तल डाईलेक्स डि।सी। बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका खड्काको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कर्यालय कटारीले जनाएको छ ।