पार्टी एकताकै पक्षमा दाहाल– नेपाल समूह

<span class='c1'>पार्टी एकताकै पक्षमा</span> <span class='c2'>दाहाल– नेपाल समूह</span>

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल—नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उहाँको भनाइ छ ।
प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गर्नुभयो । निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्