ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरियो

<span class='c1'>ब्राजिल क्वार्टरफाइनलबाटै</span> <span class='c2'>बाहिरियो</span>

 

१३ असार, काठमाडौं । उपाधिको दाबेदार मानिएको ब्राजिल कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । पेनाल्टी सुट आउटमा ब्राजिललाई हराएको पाराग्वे भने सेमिफाइनलमा पुगेको छ ।

स्टार स्ट्राइकर नेयमारमाथि चार खेलको प्रतिवन्ध लागेपछि ब्राजिल कमजोर भएको थियो ।

आइतबार विहान भएको क्वार्टरफाइनलमा पाराग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४–३ ले पराजित गरेको हो । पाराग्वेले अब फाइनल प्रवेशका लागि उपाधिको दावेदार अर्जेन्टिनासँग खेल्नु पर्नेछ ।

खेलमा अग्रता भने ब्राजिलले लिएको थियो । १२ औं मिनेटमा रोविन्होले गोल गरे । उनले २०१० पछि पहिलो पटक ब्राजिलका लागि गोल गरेका हुन् ।

पहिलो हाफमा ब्राजिलले केही राम्रो अवसर सृजना गरेको थियो तर, गोल थप्न सकेन ।
दोस्रो हाफमा पारग्वे क्रमिक रुपमा ब्राजिलमाथि दबाव बढाउन सफल भयो । तर, गोलका लागि भने पेनाल्टी नै कुर्नु परेको थियो ।

थिएगो सिल्भाले ह्याण्ड गरेपछि ७२ औं मिनेटमा पारेग्वेले पेनाल्टी पायो, जसमा गोन्जालोजले गोल गरे ।

निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।

पेनाल्टी सुट आउटमा ब्राजिलका इभर्टन रिवेरियो र डुलगास कोष्ट चुके भने पाराग्वेका सान्टा क्रुजले गोल गरेनन् र ब्राजिल टाइब्रकेरमा ४–३ ले पराजित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्