विराटनगर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे–२ मा सोमबार दिउँसो भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
हरियाली सामुदायिक वन अगाडी पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र बिपरित दिसाबाट जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा मिक्लाजुङ गाउँपालिकाका दुईजनाको मृत्यु भएको हो ।
नम्बर नखुलेको मोटरसाइकलमा सवार मिक्लाजुङ गाउँपालिका ४ बस्ने बर्ष अन्दाजी ३५ संतोष लिम्बु र २६ वर्षका सुनिल धमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा घाईते लिम्बूलाई उपचारको लागि मंगलबारे अस्पताल पठाएकोमा बाटैमा मृत्यु भएको थियो भने अर्का धमलालाई विराटनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिइएको छ ।
स्कारपियो तथा स्कारपियो चालक झापा दमक २ का ३७ वर्षीय लक्ष्मी कुमार धिमाललाई ईप्रका पथरीले नियन्त्रणमा लिइएको छ । दुर्घटनापछि मोटरसाईकल भने जलेर पूर्ण रुपमा क्षति भएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।