झापा । झापाको शिवसताक्षी नगरपालिका–१० मा मंगलबार बिहान १ बजे भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक, केरावारी गाऊँपालिका(८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई ठक्कर दिएको थियो ।
घाईते भएका आचार्यको बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।