इनरुवा । सुनसरीको कोशी गाउँपालिका–४ का १९ बर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
सोमवार राती साँढे ८ बजेको समयमा जुद्धगञ्जमा रहेको मासु पसलबाट मासू किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा निजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।