विराटनगर । प्रदेश १ मा बसोबास गर्ने किँरात समुदायको महान पर्व उद्यौली पर्व आजदेखि सुरु हुँदैछ । पूर्वी नेपालको किँराती समुदायमा रहेका राई, लिम्बु, याख्खा, सुनुवार जातीहरुले मंसिरे पूर्णिमाको दिनदेखी उद्यौली पर्वका सुरु गर्दछन् । यता विराटनगरमा पनि किँरात राई यायोख्खा, किँरात याक्थुङ चुम्लुङ र किराँत याक्खा छुम्माले पनि सामूहिक रुपमा उद्यौली पर्व मनाउने भएको छ ।
[caption id="attachment_132805" align="alignnone" width="640"] file photo[/caption]
विराटनगर ११ मा रहेको साकेला थानमा विभिन्न समुदाय मिलेर एक आपसमा मिलेर आज यो पर्व मनाउँदै छन् । प्रकृतिसँग आस्थावान रहेका किँरात समुदायले प्रकृतिलाई पुजा गर्ने आदिवासी राई, लिम्बु र याख्खा जातिहरु कृषिमा आधारित जीवनशैली अपनाइ आएको र वर्ष भरीका बाली बटुल्ने समयलाई यो पर्बको रुपमा मनाउने गर्दछन् ।'
उधौलीकै बेला हिमाली क्षेत्रमा बसोबास गर्ने भोटे, शेर्पा, लामा जातिले बर्षभरी रोपेका अन्नबाली थन्क्याएर हिमाली भेगमा पाईने अमूल्य जडिबुटीहरु लिएर जाडो छल्न तराई झर्ने गर्दछन् । तर जाती र समुदाय अनुसार फरक संस्कार संस्कृति भएकाले यसैलाई किराँतीहरु उधौली पर्वका रुपमा मनाउँछन् ।
परम्पराअनुसार लिम्बुले चासो तगनाम पर्व मनाउने गर्छन् भने याक्खाले चासुवा सुनुवारले खोलस्यादर र राईले उधौली साकेला अर्थात चण्डी नाच नाचेर यो पर्ब मनाउँदै आएका छन् । किरात समुदायकोे मूख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाउने गर्दछन् । आजदेखि सुरु भएको उधौली पर्व १५ दिन सम्म विभिन्न स्थानमा मनाउने गरिन्छ । यसैबिच प्रदेश सरकारले आज यही पर्बको अवसरमा सार्बजनिक बिदा दिएको छ ।
यसैविच किरात राई यायोक्खा महानगर कार्यसमितिको पहलमा विराटनगर ११ स्थित साकेला थानमा २०७५ सालबाट सुरु गरिएको २ तले सामुहिक चुल्हो भवनको आज उद्घाटन गरिने भएको छ ।
नव निर्मित भवनको आज पुष १५ गते बुधबार उद्यौली पर्वको अवसरमा प्रदेश एकका मुख्यमन्त्री शेरधनराईद्धारा उद्घाटन गर्दैछन् ।
सामुहिक चुल्हो निर्र्माणको लागी सघिय सरकार , प्रदेश सरकार र देश तथा विदेशमा रहेका व्यक्तिहरुले आर्थिक सहयोग गरेको नगरका कार्य समितिका अध्यक्ष विष्णु राईले बताउनुभयो ।