मोरङको कटहरी गाउँपालिका ३ मा तेलको ट्याङकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको ना ५ ख ८४३४ नम्बरको तेल बोक्ने ट्याङकरले पछाडीबाट ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय रोहित साहलाई उपचारको लागी कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।