विराटनगरमा ८ सहित प्रदेश १ मा ३७ संक्रमित र १४४ संक्रमणमुक्त

<span class='c1'>विराटनगरमा ८ सहित प्रदेश १ मा</span> <span class='c2'>३७ संक्रमित र १४४ संक्रमणमुक्त</span>

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १४२ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ४३० पुगेको छ ।
प्रदेश १ मा शुक्रबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १८, मोरंगमा ९, सुनसरीमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा १०, मेचीनगर र कनकाईमा २–२, विर्तामोड, भद्रपुर, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ८, धनपालथानमा १, सुनसरीको इनरुवामा ३, इटहरीमा २, भोक्राहानरसिंहमा १, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ८१२ पुगेको छ ।

प्रदेश १ मा आज ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार ९११ ज्नाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्