तगारो हटाएर नेकपा पुर्नगठन गरियो : मन्त्री ढकाल

तगारो हटाएर नेकपा पुर्नगठन गरियो : मन्त्री ढकाल

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले आफ्नैे सरकार विरुद्ध तगारो बनेपछि पार्टी पुर्नगठन गर्नु परेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री ढकालले सरकार गठन भएकै दिनदेखि पार्टी भित्रैबाट गरिएको घेराबन्दी तोड्दै पुर्नगठन गरिएको बताउनु भएको हो ।

तत्कालिन नेकपाको एकिकृत पार्टी रहँदा सरकारका कामलाई तगारो हालेर अल्झाउनेहरुलाई हटाएर नयाँ सदस्यहरु थपिएको उहाँको दावी छ । पार्टी पुर्नगठनको प्रक्रियामा अगाडी बढेको बताउँदै मन्त्री ढकालले अदालती प्रक्रियाबाट संसद विघटनको बाटो क्लियर र निर्वाचन आयोगले चिन्हको विवाद टुङ्ग्याएसँगै अहिले गएकाहरु मूल पार्टीमै शरण पर्ने बताउनुभयो ।

सूर्य चिन्हको कसले पाउने भन्ने बहसको विषय नभएको बताउँदै मन्त्री ढकालले तत्कालिन पार्टीको पहिलो अध्यक्ष र महासचिव रहेको दल तथा पार्टीको विधान अनुसारको माइन्यूट रहेको स्थान नै आधिकारिक हुने तर्क गर्नुभयो । पार्टी एकताको काम सम्पन्न गर्दै दुईवर्ष भित्रमा महाधिवेशनमा जाने निर्णय अनुसार कुनैपनि काम नभएका कारण तत्कालिन समयको वैधानिक अध्यक्ष नै आधिकारिक हुने उहाँको धारणा थियो ।
कसैले चाहेर वा नचाहेर पनि आधिकारिकताको विवाद लम्ब्याउने नसक्ने बताउँदै मन्त्री ढकालले पार्टी पुर्नगठन भईसकेकोले २०७८ मंसिरमा महाधिवेशन हुने बताउनुभयो । पुर्नगठित पार्टीको महाधिवेशनको मिति समेत तोकिएकोले आधिकारिकता त्यहि हुने उहाँको दावी थियो ।
सरकारका कामहरुको अहिलेसम्म विरोध गर्नेहरुले नै संसद विघटनको विरोध गरिरहेको बताउँदै उहाँले निर्णय कार्यन्वयनमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

संवैधानिक रुपले संसद पुर्नस्थापनाको बाटो नभएकोले निर्वाचनको तयारीमा लाग्न आवश्यक रहेको मन्त्री ढकालको दावी थियो । जनादेशका लागि निर्वाचनमा जाने कुरालाई कसैले पनि अस्वीकार गर्नुपर्ने अवस्था नरहेको बताउनु भएको हो ।
दुईतिहाई नजिक दलको प्रधानमन्त्रीले संविधानमा संसद विघटन नभएको अवस्थामा पाँचवर्षसम्म सरकार सञ्चालन हुनेछ भन्ने कुरालाई आधार बनाएर जनादेशको बाटोमा जानु भएको उहाँले बताउनुभयो । विघटन भएको अवस्थामा पाँचवर्ष चल्नुपर्छ भनिएको छैन, मन्त्री ढकालले भन्नुभयो–संवैधानिक इजलासमा यसको बहस हुनु भनेकै संविधानतः भन्नेकुरा बुझ्नुपर्छ ।

उहाँले विरोध मात्रै गर्नका लागि संसद पुर्नस्थापनाको माग गर्नु गलत हुनेछ, मन्त्री ढकालले दावीसहित भन्नुभयो–अदालतले संवैधानिक इजलासबाट यसको व्याख्या गर्नेछ । उहाँले प्रतिनिधिसभाको निर्वाचनपछि स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुने बताउनुभयो । कुनै बाध्यकारी अवस्था नआउँदासम्म प्रदेशसभा विघटनको अवस्था छैन, मन्त्री ढकालले भन्नुभयो–मूललाई (प्रतिनिधिसभा) ठिक पारेपछि अन्य संरचना क्रमशः मिल्दै जानेछ ।
उहाँले कसैले सडकमा ल्याउने भनेको आँधिबेरी आफ्नै क्याम्पमा जाने दावी गर्नुभयो । हेर्दै जानुहोला निकट भविष्यमै उनीहरुको क्याम्पमा आँधिबेहरी जानेछ र हामीले आफ्नो स्वतःलाई स्थापित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्