ओली विरुद्ध राष्ट्रव्यापी जनदवाव सिर्जना गरिन्छ : नेता पाण्डे

ओली विरुद्ध राष्ट्रव्यापी जनदवाव सिर्जना गरिन्छ : नेता पाण्डे

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध राष्ट्रव्यापी जनदवाव सिर्जना गर्नुपर्ने बताउनु भएको छ । विराटनगरमा नगरस्तरका अगुवा कार्यकर्तालाई आइतबार बिहान होटल इष्टर्न स्टारमा सम्बोधन गदै नेता पाण्डेले अहिले चुच्चे नक्सा र एमसीसीको कुरालाई थातिमा राखेरै भएपनि ओली विरुद्ध एकिकृत हुन आवश्यक रहेको बताउनु भएको हो ।

ओलीको अन्तिम अस्त्र सकिएको छ, अब उनको अन्त्य हुने दिन नजिक छ, पाण्डेले भन्नुभयो–त्यसका लागि हामीले आन्दोलनलाई एकिकृत गर्न आवश्यक छ । नेता पाण्डेले ओलीले छट्टु पाराले प्रचण्डलाई झुक्याउँदै आएको बताउनुभयो । आफैंले आफ्नो जीवन २२ महिना मात्रै रहेको र त्यसपछि नेकपा प्रचण्डलाई जिम्मा लगाउने योजना रहेको सुनाएका थिएछन्, पाण्डेले भन्नुभयो–मख्ख पर्नु भएका प्रचण्डले सबै थोक मान्दै आउँदा अहिले विवाद उत्कर्समा पुग्यो । उहाँका अनुसार ओलीले प्रचण्डलाई बोलाएर माधव नेपाललाई गाली गर्ने र माधव नेपाललाई बोलाएर प्रचण्डलाई गाली गर्ने पञ्चायतमा राजाले दलहरुलाई झुक्याउने शैली अपनाएको बताउनुभयो ।

महाभारत कथाका शिशुपाललाई मृत्यु दण्ड दिइएको कथा सुनाउँदै ओलीको पालो अब अन्त्य भएको दाबी नेता पाण्डेको थियो । ‘महाभारत कथामा शिशुपाललाई १ सय वटा मृत्युदण्डयोग्य गल्तीमा श्रीकृष्णले माफी दिए, जब १ सयभन्दा बढी त्यसप्रकारका गल्ती गरे त्यसपछि उनै श्रीकृष्णले शीर छेदन गरी मृत्युदण्ड दिए,’ पाण्डेले भन्नुभयो–ओलीका एकसय भन्दा बढी गल्ती छन्, तर हाम्रा नेता साथीहरुले बिचार नपु¥याई बोलिदिन्छन् । निर्वाचन आयोगले हालसम्म पार्टी फुटसम्बन्धी दर्जनबढी निर्णय गर्दा केन्द्रीय समितिको बहुमत र अल्पमतको आधारमा निर्णय गरेको बताउँदै पाण्डेले पार्टीको नाम र चुनाव चिन्ह आफूहरुसँगै रहने दाबी पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी एकता गर्नु अघि र एकता पछि पनि आफूलाई केन्द्रमा राख्ने र पद जोगाउने तिरमात्रै ध्यान दिँदा अहिलेको अवस्था सिर्जना भएको बताउनु भयो । ओली नेतृत्वको सरकारलाई ऐतिहासिक अवसर भएको भएपनि काम नगरेको बताउँदै उहाँले समाजवादी राज्य व्यवस्था निर्माणमा ओलीले कुनै काम नगरेको बताउनु भयो । अर्को एक प्रसङमा नेता पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकाल राष्ट्रपति हुँदा जबजलाई त्यहिंनेर साटिसकेको बताउनुभयो । जबज केपी ओली प्रधानमन्त्री हुन, विद्यादेवी भण्डारी राष्ट्रपति दोहोरिन र प्रचण्ड अध्यक्ष हुनका लागि भएको सहमतिमा साटासाट गर्ने प्रयास गरिएको नेता पाण्डको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्