विराटनगर । चिसोका कारण विद्यार्थीहरुलाइ बिधालय आउन कठिन भैरहेको अवस्थामा न्यानो स्विटर र टोपी बितरण गरिएको छ। मोरङको बेलबारी वडा न. ४ पन्चज्योती आधारभुत बिधालयका कक्षा १ देखि ३ कक्षा सम्मका ५० जाना बिद्यार्थी लाई स्वेटर र टोपी बितरण गरिएको हो ।
चिसो मौसमका कारण बिद्यार्थीहरु लाई बिधालय आहुन कठिन भएपछी उक्त सामाग्री सहयोग गरेको सामाजिक अभियानता पेरिस सुवेदीले जानकारी दिएका छन् । समाजसेवी देवकिशन मुन्दडाको सहयोगमा उक्त सामाग्रीहरु प्राप्त भएका हुन् ।
इलाका प्रहरि कार्यलयका इन्जार्ज ऋषि राज ढकाल र बिधालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम कार्की, बिधालयका प्रधानाध्यापक गुनराज सुवेदी, सुशील खत्री लगायतको उपस्थिति कार्यक्रममा रहेको थियो ।