विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१० सिमरिया स्थित मंगलबार भएको उईनगर माईक्रो दुर्घटनामा परेर ३ जना मृत्यु भएकोछ भने ८ जना घाइते भएका छन् ।
विराटनगरबाट यात्रु लिएर विरगन्जको लागी जादै गरेको प्रदेश १ को ०२–००१ज ३८६८नम्बरको माईक्रो संग विपरित दिशाबाट आउदै गरेको को.३४प ४६९४ नम्बरको मोटरसाइकल एक आपसमा ठ्क्कर खाई सडकबाट पल्टिएर दुर्घटनामा परेको स्थायी ट्राफिक कार्यलयका ईन्चार्ज गोपाल श्रेष्ठले जानकारी दिएका छन ।
श्रेष्ठकाअनुसार मृत्यु हुनेमा सप्तरी जिल्ला राजविराज १ को अन्दाजि बर्ष २२ को शंकर यादव , सुनसरी ईनरुवा ३ को अन्दाजी बर्ष ४४ को बिर्ख मन्डल रहेको छ भने अर्का एक मृतकको नाम भने खुल्न सकेको छैन ।
दुर्घटनामा परी घाइते हुनेहरुमा विराटनगर १४ बस्ने बर्ष ५२ को जय नारायण यादव , सप्तरी जिल्ला मंन्सापुर न.पा हनुमान नगर बस्ने बर्ष ६० कि ईन्द्रमला देवी , राजविराज न.पा ७ बस्ने बर्ष १४ को निरज यादव , ३८ बर्षको सुरेश मन्डल त्यसैगरी सुनसरी ईनरुवा ८ गणेशपुर बस्ने बर्ष ५२ को चन्द्र मेहता भोक्राहा नर्सिङ ३ बस्ने बर्ष १९ को प्रशान्त यादव प्रकाशपुर १० का बर्ष २३ को भरत यादव रहेकोछ । घाईतेहरुको बुढिगंगा स्थित विराट नर्सिङ होम अस्पताल र दुहबीको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।