सडकमा विरोध गर्ने दलपनि निर्वाचन आयोगका कार्यक्रममा सहभागी

<span class='c1'>सडकमा विरोध गर्ने दलपनि</span> <span class='c2'>निर्वाचन आयोगका कार्यक्रममा सहभागी</span>

विराटनगर । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै सडकमा विरोध गरिरहेका राजनीतिक दलका जिल्लास्थित नेताहरु भने निर्वाचन पूर्व तयारीका कार्यक्रममा सहभागी हुने गरेका छन् । सरकारको निर्णय अनुसार आयोगले निर्वाचनको पूर्व तयारीका कार्यक्रम जिल्लास्थित राजनीतिक दलका नेताहरुलाई जानकारी गराउने र प्रचारप्रसारमा केन्द्रीत गर्ने अभियान सुरु गरेको छ ।

तर, दैनिक जसो सडकमा संदद विघटन गरेर घोषणा गरिएको निर्वाचन हुननसक्ने भन्दै विरोधमा उत्रने राजनीति दलका नेताहरु भने निर्वाचन आयोगका कार्यक्रममा सहभागी हुने गरेका हुन् ।
शुक्रबार जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपा प्रचण्ड–माधव नेपाल समूहका नेता पारुल क्षेत्री, नेपाली काँग्रेसका मोदराज घिमिरे, जसपा, राप्रपा र जनमुक्ति पार्टीका नेताहरु सहभागी भएका थिए ।

यीमध्ये सडकमा विरोध गर्दै आएका मुख्य तीन पार्टीका नेताहरुले निर्वाचन कार्यालयको कार्यक्रममा सुझाव समेत दिदैं निर्वाचन पूर्व तयारी बारे सुझाएका थिए । नेकपा प्रचण्ड–माधव नेपाल समूहका नेता क्षेत्रीले निर्वाचन आयोग केपी ओली एजेन्ट मात्रै भएको धारणा राखेर कार्यक्रमबाट बाहिरिनु भएको थियो । तर, निर्वाचन आयोगको कार्यक्रम उपस्थिति बहिमा भने उहाँले आफ्नो नाम दर्ता गराउनु भएको छ ।

यसैगरी नेपाली काँग्रेसका मोदराज घिमिरेले निर्वाचनका लागि राजनीतिक दलको सहभागीता महत्वपूर्ण हुने बताउँदै मददानस्थल परिर्वतन गर्दा ध्यान पु¥याउन सुझाव दिनु भएको थियो । नेता घिमिरेले पालिकास्तरमा मतदानस्थल परिमार्जन गर्नका लागि आएका सिफारिसलाई राजनीतिक दलसँग समेत परामर्शका आधारमा मात्रै आयोगले यकिन गर्नुपर्ने शुक्रबारको बैठकमा सुझाव दिनु भएको थियो । यसैगरी जसपा, राप्रपा, जनमुक्ति पार्टी लगायतका प्रतिनिधिले समेत आयोगको कार्यक्रममा सुझाव दिनु भयो । सरकारले २०७८ बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेसँगै त्यसको तयारीमा निर्वाचन आयोग अन्तर्गतका जिल्लास्थित कार्यलयहरुले तयारी गरेका हुन् ।

आयोगको तयारी तिव्र


सरकारले संघीय प्रतिनिधिसभाको निर्वाचन मिति घोषणाा गरेसँगै जिल्लामा निर्वाचनको पूर्व तयारीका काम थालिएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित दलहरुसँगको बैठक, पालिकास्तरीय बैठक र सहायक नाम दर्ता अधिकारी कार्यालय स्थापना तथा नियुक्तिको काम थालेको हो । जिल्ला निर्वाचन कार्यालय मोरङका निर्वाचन अधिकारी महेशकुमार ठाकुरका अनुसार मोरङमा प्रमुख राजनीतिक दल तथा पालिका प्रमुखसँगको दोस्रो बैठक सम्पन्न भएको छ । मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत), मतदानस्थल र केन्द्र छनौटका लागि सुझाव संकलनको काम अगाडी बढिसकेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा शुक्रबार जिल्ला निर्वाचन कार्यालयले दुईवटा कार्यक्रम सम्पन्न गरेको छ । पहिलो चरणमा राजनीतिक दल, पालिकाका जनप्रतिनिधि तथा कार्यालय प्रमुखसँग मतदाता नामावली अद्यावधिक गर्ने विषयमा अन्तरक्रिया गरिएको थियो । यसैगरी प्रमुख राजनीतिक दल र पालिका प्रमुखसँग निर्वाचन प्रयोजनका लागि मतदानस्थलको विषयमा बैठक समेत आयोजना गरिएको थियो ।
निर्वाचन आयोगले आगामी माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । जसका आधारमा त्रुटी सच्याउने, नामावली हटाउने, सफाईको मौका दिने, जाँचबुझ गर्ने र विवरण तयार पार्ने, नाम हटाइएको वा सिफारिस गरिएको सूचना प्रकाशित गर्ने, विवरण सार्वजानिक गर्ने र जिल्लामा अद्यावधिक गरिएको मतदाता नामावलीको विवरण आयोगमा पठाउने प्रक्रिया सुरु गरिएको छ । यी कामका लागि आयोगले फागुनन २ गतेसम्म निर्वाचनका कार्यक्रम तय गरेको निर्वाचन अधिकारी ठाकुरले बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले निर्वाचनको तयारीका लागि दलहरुबीचका बैठक आयोजना र निर्णयका कामहरु तिव्रगतिमा अगाडी बढाइएको बताउनुभयो । उहाँका अनुसार पहिलो चरणको बैठकबाट स्थानीय तह तथा राजनीतिक दलसँग मागिएको सुझावहरु प्राप्त भएकोले त्यसमाथि शुक्रबार छलफल गरिएको छ । मोरङका आठ स्थानीय तहबाट मतदानस्थल थप्ने वा स्थान्तरण गर्ने विषयमा सुझाव प्राप्त भएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।
निर्वाचनसँग सम्बन्धित बैठकहरुमा जिल्लास्थित राजनीतिक दलको सहभागी प्रशंसनिय रहँदै आएको दावी छ । अन्तरक्रिया तथा बैठकमा सहभागी हुने राजनीतिक दलहरुले नयाँ मतदाता नामावली अद्यावधिक गर्ने छोटो समय छुट्याउन पर्ने सुझाव दिर्दै आएको निर्वाचन अधिकारी ठाकुरले बताउनुभयो ।
उहाँहरुको सुझावलाई हामीले आयोग समक्ष लिखितै पठाउँने तयारी गरिरहेका छौं, ठाकुरले भन्नुभयो–निर्वाचनको पूर्व तयारीका लागि आवश्यक पर्ने कामहरु तोकिएकै समय सीमालाई केन्द्रीत गरेर अगाडी बढाईरहेका छौं । आयोगले स्थानीय तहमा सहायक नाम दर्ता अधिकारीको नियुक्ति गरिसकेको छ । मोरङका १७ स्थानीय तहमा निर्वाचन प्रयोजनार्थ तोकिएका सहायक नाम दर्ता अधिकारी र कार्यालय स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्