विराटनगर । मोरङको लेटाङमा बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । लेटाङ नगरपालिका–१ अधेरी स्थित भित्री कच्चीसडक खण्डमा कुवापानीतर्फ जादै गरेको को १ ज ३२६२ नम्बरको बोलेरो शुक्रबार बेलुका अनियन्त्रित भई दुर्घटना भएको थियो । सडकबाट करिब तीन सय मिटर तल खसेको बुलेरोमा १७ जना सवार थिए ।
दुर्घटनामा मोरङको लेटाङ नगरपालिका– १ का ५९ वर्षीय नैनकुमार तामाङको मृत्यु भएको प्रहरी चौकी बुधबारे लेटाङका इन्चार्ज ताराबहादुर बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा परेकामध्ये दशजनालाई विराट नर्सिङहोम विराटनगरमा उपचारका लागि पठाइएको थियो । जसमध्ये तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।
इन्चार्ज बस्नेतकाअनुसार बाँकी नौजनाको विराटमै उपचार भईरहेको छ । सातजनाको पाथीभरा सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा ५४ वर्षीय सन्चुमाया राई गम्भिर घाइते भएकी छन् । उनको बिराटनर्सिङहोममा उपचार भइरहेको छ । त्यस्तै अनिता तामाङ, दिपकबहादुर, अर्जुन तामाङ, अस्तिमा मगर, सन्देश राई, मनमाया मगर, जुनु लिम्बु, सनमाया मगर, सुजता मगर, सुन्दर राई, सरिमाया मगर, डिल्लीमाया मगर, सृष्टी मगर, शेरबहादुर मगर,, प्रज्वल राईलगायत घाइते भएका छन् ।