बिराटनगर । चिसो मौसममा न्यून आर्थिक स्थिति भएका परिवार लाई सहज होस भनेर नेपाल रेड क्रस सोसाइटी मोरङद्वारा कम्बल बितरण गरिएको छ । बिराटनगर माहानगरपालिका १८, जहाँदा गाउँपालिका १ र वार्ड नम्बर ७ का कुल ७३ परिवार लाई कम्बल बितरण गरिएको हो ।
रेडक्रस मोरङका सभापती सुबोध सिंहका अनुसार जहादा गाउँपालिका–७ मा लक्षमणिया युवा क्लबसँगको सहकार्य र जहादा १ र बिराटनगर १८ मा सामाजसेवी बिरेन्द्र मन्डलको सहकार्यमा वितरण गरिएको हो ।