संसद पुनःस्थापना काँग्रेसको एक मात्रै एजेण्डा : नेतृ कोइराला

<span class='c1'>संसद पुनःस्थापना काँग्रेसको एक मात्रै</span> <span class='c2'>एजेण्डा : नेतृ कोइराला</span>

मोरङ। नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले संसद पुनःस्थापना कांग्रेसको एकमात्र एजेन्डा भएको बताउनु भएको छ ।

कांग्रेसको नेतृत्वमा संविधान आएको र यसको संरक्षण पनि कांग्रेसलेनै गर्ने कोइरालाको दावी छ । यसका लागि कांग्रेसले जुनसुकै मूल्य चुकाउन तयार उहाँले बताउनु भएको छ । बिहीबार मोरङ्गको बी.पी. सेवा केन्द्रमा आयोजित कार्यकर्ता भेलालाई संबोधन गर्दै कोइरालाले अब कांग्रेसको नेतृत्वमा निर्णायक आन्दोलन गर्नु पर्ने समय आएको दावी गर्नुभयो ।

केपी ओलीको सरकारले गरेको संसद भंगको विषय अदालतमा विचाराधिन रहेको र अदालतको निर्णय जनताका पक्षमा आउने बिस्वास कोइरालाको थियो । अबको समयनै कांग्रेसको भएको भन्दै कोइरालाले संगठन विस्तार र जनताको घरदैलोमा जान अगुवा नेतृत्व र कार्यकताहरूलाइ आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्