विराटनगर । भारतबाट अवैध रुपमा भित्र्याइएको १५०० केपी माछाका भूरा मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । मोरङको जहदा–७ डुमरियास्थित नेपाल–भारत दशगजा क्षेत्रबाट भारतीय नम्बर प्लेट डब्लुबी २५जे०७५४ पिकअफ भारतीय गाडीसहित मोरङ प्रहरीले नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार दशगजा क्षेत्रमा प्रवेश गरेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत गाडीलाई पछ्याएको थियो । त्यस बखत दशगजा क्षेत्रमा ल्याएर गाडी छोडेर चालक फरार भएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । वेवारिसे अवस्थामा रहेको गाडी र लोड भएको १५०० केजी माछाका भूरा प्रहरी चौकी मझारेको टोलिले बरामद गरेको थियो । प्रहरीले बरामद गरेको भूरा नष्ट गरेको प्रवक्ता राईले बताउनुभयो ।