सर्लाहीमा अधिकारकर्मीले राेके बालविवाह

<span class='c1'>सर्लाहीमा अधिकारकर्मीले</span> <span class='c2'>राेके बालविवाह</span>

सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो ।

‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दुःखद भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताउनुभयो । ती बालिकाको घरको परिवारिक स्थिति नाजुक रहेका कारण परिवारले विवाह गरिदिन लागेकाे बताइएको छ । बालिकाले विवाहभन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी सहसंयोजक पन्तले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्