प्रजातान्त्रिक नेतृ सुकी पक्राउ; सैनिक ‘कू’ को आशंका

<span class='c1'>प्रजातान्त्रिक नेतृ सुकी पक्राउ;</span> <span class='c2'>सैनिक ‘कू’ को आशंका</span>

काठमाडौं, माघ १९ गते ।
म्यानमारको सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसीकी प्रजातान्त्रिक नेतृ आङसाङ सुकी पक्राउ पर्नुभएको छ । सो पार्टीका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उहाँ पक्राउ परेको जनाएको हो । जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनाव बढीरहेको अबस्थामा सेनाले सत्ता हातमा लिन यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टीले सरकार गठनका लागि पर्याप्त मत प्राप्त गरेको भए पनि सेनाले भने सो जितलाई अस्वीकार गर्दै नक्कली भनेको थियो । म्यानमारमा सन् २०११ सम्म सेनाले साशन गर्दै आएको र उहाँलाई लामो समयदेखि घरमै बन्दी बनाइएकाे थियो । नयाँ गठित तल्लो सदनकाे बैठक आज बस्ने तय भएको भए पनि सेनाले भने त्यसलाई रोक्न आग्रह गरेको थियो । म्यानमारकाे राजधानी तथा केही महत्वपूर्ण शहरहरुमा सडकमा सेना परिचालन गरिएको बीबीसीले जनाएको छ ।

- गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्