कार बम बिस्फोट ;कम्तीमा ‘१२ को मृत्यु ,२९ बढी घाइते ‘

<span class='c1'>कार बम बिस्फोट ;कम्तीमा ‘१२ को</span> <span class='c2'>मृत्यु ,२९ बढी घाइते ‘</span>

विराटनगर, माघ १९
उत्तरपश्चिम सिरियामा भएको कार बम बिस्फोट भएको छ। बिस्फोटमा परि कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् भने २९ जनाभन्दा बढी घाइते भएका छन् ।

सुरक्षा अधिकारी ले घटनामा परेर मृत्यु र घाइते भएकाहरुको सङ्ख्या बढ्न सक्ने अनुमान गरेका छन् । विद्रोही लडाकुको नियन्त्रणमा रहेका क्षेत्रमा श्रृंखलावद्ध रुपमा बिस्फोट भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
विद्रोही समूहले सिरियाका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधिहरु सञ्चालन गर्दै आएको सुरक्षा अधिकारीले जानकारी दिएका छन्।

विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा निरन्तर आक्रमण भइरहेको बताइएको छ । अघिल्लो महिनाभर सो क्षेत्रमा कम्तिमा एक दर्जनभन्दा बढी विस्फोटका घटनाहरु भएको सुरक्षा अधिकारीले बताएका छन् ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाले कुर्द नेतृत्वको सिरियाली डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) विरुद्ध विरोध प्रदर्शन गर्दै सरकार समर्थक प्रदर्शनकारीहरुमाथि आक्रमण भएपछि गोली हानाहानको घटना भएको उल्लेख गरेको छ । सिरियाका कुर्द समुदायका लडाकुहरुले सन् २०११ देखि जातीय युद्ध सुरु गरेसँगै सिरियामा हिंसात्मक घटनाहरु भइरहेका छन् ।
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्