मोरङको रतुवामाईमा आगोले जलेर महिलाको मृत्यु

<span class='c1'>मोरङको रतुवामाईमा आगोले</span> <span class='c2'>जलेर महिलाको मृत्यु</span>

रंगेली । मोरङको रतुवामाईमा आगोले जलेर ४९ वर्षीया महिलाको मृत्यु भएको छ । शरीरमा लगाएको कपडाबाट सल्किएको आगोले जलेर घाइते रतुवामाई नगरपालिका–४ आमबारीकी फूलकुमारी राजवंशीको उपचारका क्रममा ज्यान गएको हो ।

मोरङ प्रहरी प्रमुख प्रमुख एसपी सन्तोष खड्काकाअनुसार घरमा बालेर ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किएर उनी शनिबार साँझ ६ः२० बजेतिर घाइते भएकी थिइन् ।

रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । आगोले कम्मर मुनिको भाग जलेर घाइते भएकी राजवंशीको उपचारकै क्रममा सोमबार दिउँसो २ः३० बजेतिर ज्यान गएको एसपी खड्काले बताए ।
बोल्न सक्ने सामान्य अवस्थामै अस्पताल ल्याइएको भए पनि आगोले जलेर घाइते भएकी महिलाको उपचार सम्भव हुन नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्