रतुवामाईको निर्चाडाँगीवासी मोवायल चार्जका लागि भारत पुग्छन्

<span class='c1'>रतुवामाईको निर्चाडाँगीवासी मोवायल चार्जका</span> <span class='c2'>लागि भारत पुग्छन्</span>

रबिन्द्र बराल
रंगेली । मोरङको रतुवामाई नगरपालिका ३ स्थित निर्चाडाँगी गाउँमा १३ वर्षदेखि बिद्युतबिहीन छ । पूर्वमा दमुनाको सानो खोला, पश्चिममा रतुवा खोला, उत्तरमा रतुवा खोलाकै समथर भाग र दक्षिणमा भारतीय सीमाको बीचमा पर्ने श्रीलंका टापुको गाउँ निर्चाडाँगी बिद्युतबिहीन रहेको हो । गाउँमा १३ वर्ष अगाडी बिद्युत बिच्छेद भएको थियो । रतुवाखोलाले निर्चाडाँगीका एकसय घरपरिवारका लागि आपूर्ति हुने बिद्युत प्रणाली वर्षेनी भत्काउने गरेको छ । बिद्युत आपूर्तिका लागि गाडीएका पोल वर्षेनी बगाउँदा त्यहाँका स्थानीय वैकल्पिक उर्जाको भरमा हुन्छन् ।

स्थानीय नागेश्वरप्रसाद सिंहका अनुसार विद्युतको उपयोग गर्न नपाउँदा घरमा टिभी र हातमा मोवायल भएर पनि त्यसको प्रयोग गर्न सकिएको छैन । हिउँदेमा सोलारको चार्ज समेत चिसोका कारण प्रभावविहीन हुन्छ । त्यसैले गाउँका स्थानीयले मोवायल चार्ज गर्न भारत जाने गरेको सिंहको दावी छ ।
मौसम चिसो हुन थालेपछि मट्टीतेलको प्रयोग गरेर कुप्पि र लाल्टिनको सहयोगमा रात बिताउनुपर्ने अवस्था रहेको गुनासो स्थानीयवासीको छ । साना बालबालिकाको पढाई समेत त्यसैका कारण कष्टकर हुने गरेको छ । निर्चाडाँगीबाट तीन किलोमिटर दुरीसम्म बिद्युतको उज्यालो झलमल हुने भएपनि आफ्नो गाउँ अध्याँरोमा गुज्रिरहेको अर्का स्थानीय नरप्रसाद सिंहको भनाई छ । १३ वर्ष निर्चाडाँगीका ४० घरमा मिटर समेत जडान भएको थियो । अहिले बिद्युत आपूर्ति नभएपनि न्यूनतम महशुल बुझाउनु पर्ने बाध्यता रहेको अर्का गुरुदेव सिह गनगाईको दुखेसो छ ।

बिद्युत आपूर्ति प्रणाली सूचारु हुँदा राखेका कुटानी–पिसानीका मिल तथा मेशिनरी अहिले खिया लागेका छन् र उप्काएर राखिएको छ । धान, मकै र गहुँ पिसाउन समेत भारत पुग्नुपर्ने बाध्यता रहेको स्थानीय महिला दुर्गाकुमारी सिंह बताउनुहुन्छ । निर्चाडाँगीका दुःख जस्ताको त्यस्तै रहेपनि त्यस क्षेत्रबाट नेपाली काँग्रेसका तत्कालिन सभापति स्व.गिरिजाप्रसाद कोइराला, आमोद उपाध्याय, नेकपा एमालेका ऋषिकेश पोखरेल, नेपाली काँग्रेसका मिनेन्द्र रिजाल जस्ता नेताहरुले बिजयी प्राप्त गरिसक्नु भएको छ । तर, निर्वाचनपछि कसैको ध्यान मिर्चाडाँगीको समस्या समाधानमा चासोका लागि गएको छैन ।

देश संघीयतामा गएसँगै विगत तीनवर्षदेखि स्थानीय तहको सरकार समेत छ । नेपाली काँग्रेसकोतर्फबाट उमेद्वार बनेर निर्वाचित रबिन राईले पनि अहिलेसम्म केहि पनि सुनुवाई नगरेको स्थानीयको गुनासो छ । स्थानीयका लागि बिद्युत मात्रै समस्या हैन, आवात–जावतका लागि पुल, स्वास्थ्यका लागि हेल्थपोष्ट, शिक्षाका लागि बिद्युत पनि उतिकै जरुरी छन् । यी सबै समस्या समाधान गर्ने प्रतिवद्धता जनाएर निर्वाचित स्थानीय सरकार प्रमुख अहिलेसम्म निर्चाडाँगीका समस्या बारे बेखबर रहेको गुनासो धेरैको छ ।

नेपाल बिधुत प्राधिकरण रंगेलीका प्रमुख अबधेशकुमार गुप्ताले खोलामा पोल सुरक्षित गर्ने आधार तयार भए बिद्युत तत्काल आपूर्ति गरिदिने बताउनुहुन्छ । त्यसका लागि खोला भित्र १० वटा होमपाईप लगाएर पोल सुरक्षित गर्ने काम स्थानीय तहले गरिदिए ट्रान्सफर्मर, तार र पोल समेतको व्यवस्थापन बिद्युत कार्यालयले मिलाउने उहाँको भनाई छ । रतुवामाई–३ का अध्यक्ष बुलन्द सिंहले भने एक महिना भित्र सो गाउँमा बिधुत पु¥याउने लक्ष्य राखिएको दावी गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्