प्याब्सनको केन्द्रीय समितिको बैठक विराटनगरमा बस्ने

<span class='c1'>प्याब्सनको केन्द्रीय समितिको</span> <span class='c2'>बैठक विराटनगरमा बस्ने</span>

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको वैठक प्रदेश १ को राजधानी विराटनगरमा बस्ने भएको छ । संघीय राजधानी काठमाडौंमा केन्द्रीय कार्यालय रहेको प्याब्सनको केन्द्रीय समितिको बैठक धेरैवर्षपछि विराटनगरमा बस्न लागेको हो ।

प्याब्सन मोरङको कार्यालयमा २२ गते केन्द्रीय समितिको सचिवालय बैठक र २३ गते होटल इष्टर्नस्टारमा केन्द्रीय कार्यसमितिको वैठक बस्न लागेको हो । देशरभरबाट नेतृत्व गर्दै प्याब्सन केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी, सल्लाहकार र कार्यसमितिका सदस्यगरि १ सय ५० जनाको सहभागिता रहने प्याब्सनले जनाएको छ ।

विराटनगरमा बस्ने बैठक कोभिड–१९ ले निजी विद्यालयहरुमा पारेको प्रभावको न्यूनिकरण, विद्यार्थीहरुको अध्ययनमा पारेको प्रभावको न्यूनिकरण कसरी गर्ने भन्नेमा केन्द्रित रहने प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बताउनुभयो । यस्तै चालु शैक्षिक सत्रको अन्त्य र नयाँ शैक्षिकसत्रको प्रारम्भ कहिले गर्ने भन्नेलगायतका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्