बिराटनगर । लेटाङ नगरपालिका वार्ड नम्बर ९ जाँतेमा अवस्थित वैजनाथ प्रारम्भिक सस्कृत बिधापिठ लाई युवाहरुले सहयोग गरेका छन् ।
उक्त सस्कृत बिधालयमा २८ जाना बिद्यार्थीहरु अध्ययनरत छन् । उनिहरुको बस्ने खाने र पढ्न ब्यवस्था सोही बिधालयमा निःशुल्क रुपमा गरिएको हो ।
उक्त बिधालयमा सस्कृत भाषा लोप हुँदै गहि रहेको अवस्थामा त्यहाँ पर्ढ्ने बिद्यार्थीको सहज वातावरणको लागी एक थान ग्यास गिजर, एक थान भट्टी चुलो र ४ वटा थरम्स सहयोग गरिएको सामाजिक अभियानता पेरिस सुबेदीले जानकारी दिए ।
उक्त ग्यास गिजर बिराटनगरका समाजसेवी मुन्ना अग्रवाल र ४ सेट थरमस र एक थान भट्टी चुलो समाजसेवी भवेश पौडेलले सहयोग गरेका थिए । उक्त बिधालयमा एउटा पठनपाठनको लागि भवन, हाल सम्म दुइजाना शिक्षक को मात्रै दरबन्दी भएकोले थप ३ जाना शिक्षक को दरबन्दी र गौसला निमार्ण को लागि आर्थिक सहयोग र गौसला को लागि गाई को पनि आवस्यकता रहेको बिधालयका प्रधान्ध्यापक राजन भट्टराईले जानकारी दिए ।