विराटनगर, माघ २२,
धरानमा बिहिबार प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको छ। प्रचण्ड-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको हो।
बन्दकर्ता र यातायात मजदुरबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। उनले पछिल्लो समय अवस्था सामान्य रहेको जानकारी दिए।
यसैबिच प्रहरी उपरीक्षक थापाका अनुसार सुनसरीमा लामा र छोटा दुरीका सवारी सञ्चालनमा आएका छैनन्। बजार पसल भने छिटफुट रुपमा खुलेका छन्। कलकारखाना, स्कुल कलेज भने बन्द रहेका छन्।
तस्बिर: सेतोपाटी