प्रचण्ड–नेपाल समूहको बन्दको विरोधमा ओली समुहद्वारा पोखरामा प्रदर्शन

<span class='c1'>प्रचण्ड–नेपाल समूहको  बन्दको विरोधमा</span> <span class='c2'>ओली समुहद्वारा पोखरामा प्रदर्शन</span>

विराटनगर, माघ २२ 

नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा ओली समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्‍याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन्।

प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताबीच भनाभन समेत भएको थियो।
पृथ्वीनारायण क्याम्पसबाट निस्केको मोटरसाइकल र्‍याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरौटा, न्युरोड हुँदै पृथ्वीनारायण क्याम्पसमै पुगेर समापन भएको थियो।
पृथ्वीचोकमा बन्दकर्ता र बन्दको विरूद्ध जुलुस निकालेका ओलीका कार्यकर्ताबीच केहीबेर भनाभन भएको थियो।

ओली समूहको विरोध जुलुस गएपछि प्रचण्ड-नेपाल पक्षले ओलीविरूद्ध नाराबाजी गरेका थिए भने ओली पक्षले नेपाल खुला छ, केपी ओली जिन्दावाद लगायतका नारा लगाएका थिए।

प्रहरीले उनीहरू दुबै समूहबीच झडप हुन नदिन दुबै पक्षको बीचमा बसेर सुरक्षा दिएको थियो।

दुबै पक्षले नाराबाजी गरेपछि केहीबेर कार्यकर्ताहरूबीच भनाभन भएको थियो।

प्रचण्ड-नेपाल पक्षले नेपाल बन्द गरेर सर्वसाधारणलाई दु:ख दिएकाले विरोध गर्नुपरेको ओली पक्षीय अनेरास्ववियुका केन्द्रीय सदस्य केशव सापकोटाले बताए।
प्रचण्ड-नेपाल पक्षका कार्यकर्ता पोखराका चोक-चोकमा बसेर सवारी साधन आवागमनमा अवरोध गरिरहेका छन्।
सवारी साधन चल्न अवरोध गरेको भन्दै प्रहरीले प्रचण्ड-नेपाल पक्षका कार्यकर्ता विनायक तिमिल्सिनालाई पक्राउ गरेको छ। पोखरामा अहिलेसम्म तोडफोड र झडप भने नभएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए। तस्बिर-सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्