हड्तालको प्रत्यक्ष प्रभाव आम जनतामा

<span class='c1'>हड्तालको प्रत्यक्ष प्रभाव</span> <span class='c2'>आम जनतामा</span>

एन्जु शिवाकोटी
विराटनगर । प्रतिनिधिसभाको विरोधमा नेकपाका पुष्पकमल दाहाल(प्रचण्ड)–माधवकुमार नेपाल समूहले बिहीबार देशव्यापी रुपमा आमहड्ताल गरेका छन् । जसको प्रत्यक्ष असर आमजनतालाई परेको छ । राजनीतिक अस्थिरता राजनीतिक द्वन्दको चपेटामा आम नागरिक परेका हुन् ।

देशव्यापि हड्तालको प्रभाव विराटनगरमा पनि बिहानैदेखि परेको थियो । आनदोलनकारीले चोक चोकमा बसेर स्वतन्त्रपूर्वक आउजाउ गर्न पाउने नागरिकको अधिकारलाई रोकेका थिए । विराटनगरका भित्रि गल्लिहरुको अवस्था सामान्य नै भए पनि मुख्य बजार क्षेत्रका पसलहरु बन्द भएका छन् । मोटरसाइकल, सफारीहरुमा कुनै रोकावट गरिएको थिएन ।
विराटनगर ९ हिमालय रोडमा विगत २ बर्षदेखि साने पंजाव नामक होटल सञ्चालन गर्दै आएका विनोद राजवंशीको होटल बन्द भएकोमा उनी चिन्तित भएका छन् । ६ महिना भन्दा बढी कोरोनाका कारण बन्द भएको उनको होटल हड्तालका कारण थप प्रभावित बन्न पुगेको गुनासो गरेका हुन् ।

१० लाखको लगानीमा सञ्चालनमा ल्याएको उक्त होटलको ऋण तिरिनसक्दै कोरोनाको चपेटामा पर्नु प¥यो । ४० हजार महिनाको कोठा भाडा तिर्नु पर्ने भएकाले कोरोना कहरका कारण बन्द भएको होटलको ऋणले उनीमाथि अझ भार थप्ने संभावना बढेकोमा चिन्तित बनेका हुन् ।

त्यसैगरि विराटनगर १० का रोहित महर्जन ४ बर्ष देखि सफारी कुदाउँदै आएका छन् । उनी भन्छन्,‘बन्दले ज्याला बजदुरी गर्नेहरुलाई असर नपर्ने गरि सफारी चलाउन छुट टिएको छ । तर, सवारीमा चढ्ने नागरिक नहुँदा दिनभरमा ६० रुपैँया मात्रै कमाई भएको बताएका छन् ।
रोहित र विनोद प्रतिनिधि पात्र मात्र हुन् । हरेक गरिब नागरिकको अवस्था यस्तै छ । जो हरेक दिन एक छाकको लागि संघर्ष गरिरहेका हुन्छन् । आम नागरिकले इलम गरेर दुईछाक खान पार्ने वातावरणको सृजना कहिले हुने हो ।
यसैगरी भारतीय मालवहाक सवारी सडकमै रोकिदाँ मजदुरहरु बाटोमै अलपत्र परेका छन् । उनीहरुले दिनभर चियाकै भरमा दिन कटाउनु परेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्