विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारबाट एकहजार २३० लिटर घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिइएको छ । विराटनगर–रंगेली सडकखण्डमा को ७ प ८८७२ र को ७ प २९३९ नम्बरको मोटरसाइकलमा लोड गरिएको मदिरा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले कटहरी–४ का ब्रम्हदेव पासवान र सुरेन्द्र यादवले १४ वटा प्लाष्टिकको गिलेनमा बोकेको घरेलु मदिरासहित उनीहरुलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको छ ।