विराटनगर भन्सार हुँदै पाँच अर्ब बराबरको भटमासको तेल निर्यात

<span class='c1'>विराटनगर भन्सार हुँदै पाँच अर्ब</span> <span class='c2'>बराबरको भटमासको तेल निर्यात</span>

विराटनगर । चालु आर्थिक वर्षमा विराटनगर नाकाबाट पुस मसान्तसम्ममा यस नाकाबाट झन्डै ५ अर्ब बराबरको भटमासको तेल भारततर्फ निर्यात भइसकेको हुँदा वर्षभरिमा १० अर्बको निर्यात हुनसक्ने देखिएको छ । भारत सरकारले गत वर्षदेखि नेपालबाट त्यसतर्फ जाने पाम तेलमा रोक लगाएपछि उद्योगीहरू भटमासको तेलको निर्यातमा केन्द्रित भएका हुन् । फलतः चालु आवमा भटमासको तेलको निर्यात चुलिएको छ ।
विराटनगर भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आवको दोस्रो त्रैमासिक अवधिमा ४ अर्ब ८५ करोड ४० लाख मूल्यको ३३ हजार २ सय ५३ मेट्रिक टन भटमासको तेल भारत निर्यात भएको छ । उक्त तथ्याङ्क गत आर्थिक वर्षको सोही अवधिका तुलनामा करिब ३ गुणा बढी हो ।

गत आर्थिक वर्षको पुस मसान्तमा चालु आवको सोही अवधिको ३ गुणा कमले भटमासको तेलको निर्यात गरिएको तथ्याङ्क कार्यालयले उपलब्ध गराएको छ । जसअनुसार १ अर्ब ५२ करोड ७० लाख मूल्यको ११ हजार ९ सय ४८ मेट्रिक टन भटमासको तेल निर्यात गरिएको थियो ।
गत आर्थिक वर्ष २०७६–७७ अर्थात् पूरा १ वर्षमा गरिएको भटमासको तेलको निर्यात चालु आवको पुस मसान्तको भन्दा ५६ करोडले कम छ । उक्त आवमा ४ अर्ब २९ करोड ४९ लाख मूल्यको ३१ हजार ६ सय ३४ मेट्रिक टन भटमासको तेल निकासी गरिएको थियो ।
त्यस्तै अघिल्लो आव २०७५–७६ मा अझ कम ८४ करोढ ८६ लाख मूल्यको ८ हजार ३ सय ३१ मेट्रिक टन भटमासको तेल भारततर्फ गएको तथ्याङ्क कार्यालयले दिएको छ ।

नेपालका उद्योगीले साफ्टा सम्झौताअन्तर्गत शून्य प्रतिशत भन्सार महसुलमा भटमासको तेल भारततर्फ निर्यात गरिरहेका छन् ।
भारतका अर्थमन्त्री निर्मला सीताशरणले भारतमा भटमासको कच्चा तेल पैठारीमा लाग्ने भन्सार महसुलमा १ प्रतिशतले थप गरेकी छन् । यसबाट नेपालबाट भारत निकासी हुने भटमासको तेल केही सस्तो पर्ने देखिएको छ । भारतमा भटमासको कच्चा तेलमा लाग्ने ३८ दशमलव ५ प्रतिशत भन्सार महसुलमा १ प्रतिशत थपेर ३९ दशमलव ५ प्रतिशत बनाइएको हो । यसबाट भारतीय उद्योगपतिलाई प्रति मेट्रिक टन भारु ८ सय ३२ को खर्च थपिएको छ ।

भटमासको कच्चा तेल अर्जेन्टिना, युक्रेन र ब्राजिलबाट पैठारी गरिन्छ । विराटनगर नाकाबाट भटमासको तेल निकासी गर्ने उद्योगमा केएल दुगडको स्वस्तिक आयल, प्रकाश मुन्दडाको बाबा भेजिटेबल, घनश्याम काबराको क्वालिटी आयल, देवकीनन्दन अग्रवालको वाग्मती आयल, प्रदीप मुरारकाको श्रीराम रिफाइनरी र अविनाश बोहराको एभरेस्ट सोलभेन्ट र सारडा ग्रुपको पशुपति आयल गरि सातवटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्