कांग्रेस सच्चिएर अघि बढ्न आवश्क: काँग्रेस नेता रामचन्द्र पौडेल

<span class='c1'>कांग्रेस सच्चिएर अघि बढ्न आवश्क:</span> <span class='c2'>काँग्रेस नेता रामचन्द्र पौडेल</span>

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक सस्थाले तनहुँको दमौलीमा शनिबार सयुक्त रुपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसको इतिहास राम्रो छ, नेताहरु सच्चिएर अघि बढ्ने हो भने ९० प्रतिशत भोट कांग्रेसलाई आउँछ भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले जनताको समस्या समाधान गर्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताउँदै पार्टीभित्र एक पक्ष कमजोर अर्को पक्ष बलियो हुन्छु भन्ने सोचाई राख्नु गलत भएको धारणा व्यक्त गर्नुभयो । “कम्युनिष्ट पार्टीहरुबीच फुट हुँदा कांग्रेस बलियो वा खुसी हुन्छ भने होइन्”, उहाँले भन्नुभयो, “अर्काको भत्किएर आफ्नो घर बलियो हुन्छ भन्ने सोचाई कसैले राख्नु हुँदैन ।”

वरिष्ठ नेता पौडेलले विघटित प्रतिनिधिसभा अदालतबाट पुनःस्थापना नभए आन्दोलनबाट हुने बताउँदै प्रतिनिधिसभाको पुनःस्थापना अदालतबाटै हुने आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो । “प्रतिनिधिसभा विघटन हुनु भनेको लोकतान्त्रिक व्यवस्था सङ्कटमा पर्नु हो”, उहाँले भन्नुभयो, “वैशाखमा चुनाव हुने अवस्था छैन् । ” सिद्धान्तमा एक भएर पार्टी एकीकरण नभई पद र सत्ता प्राप्तिका लागि गरिएकाले कम्युनिष्ट पार्टी फुटको अवस्था आएको उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेस चुनावदेखि डराउने पार्टी हैन भन्दै चुनाव र संसद् पुनःस्थापना पनि नहुने अवस्था आएमा आन्दोलन मात्र एक विकल्प भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्