खैरो हेरोइनसहित दुईजना बेलडाँडीमा पक्राउ

<span class='c1'>खैरो हेरोइनसहित दुईजना</span> <span class='c2'>बेलडाँडीमा पक्राउ</span>

बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । स्तम्भ नम्बर ७८३/२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका–३ बौनियाका २३ वर्षीय शारदा विकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुको साथबाट लागुऔषधसहित बा६८प ३१६९ नंको मोटरसाइकल, नगद रकम रु चार हजार, बैंक चेक, मोबाइल झोला र भारतीय सीमकार्ड बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनुभयो । उहाँका अनुसार लागुऔषधसहित पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्