झापा । झापा अर्जुनधारा–४ मदनपुर बस्ने राज अधिकारीको ४ बर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको छ । आइतबार बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा उनको डुबेर मृत्यु भएको हो ।
आफन्तले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरीले कानुनी कारबाही प्रक्रिया अगाडी बढाएको थियो ।